राष्ट्रपति पौडेलसमक्ष चीनसहित विभिन्न देशका नवनियुक्त राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र


काठमाडौं, १२ फागुन । राष्‍ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न देशका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नवनियुक्त राजदूतहरु आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्‍ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवारी गराइएको थियो।