प्रभु साह रौतहटवासीको भाग्यमात्रै नभएर पूरा देशको भाग्य हो, उहाँलाई जिताएर पठाउनुहोस : पूर्वमन्त्री पासवान


काठमाडौं, १३ फागुन । बहुजन शक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले आम जनता पार्टीका अध्यक्ष प्रभु साह देशले मानेको नेता भन्दै प्रशंसा गरेका छन् । चुनावी दौरानमा पासवानले साहको चुनावी क्षेत्र रौतहट–३ मा पुगेर सो क्षेत्रका जनतालाई साहलाई भारी मतले विजयी बनाएर पठाउन आग्रह गरेका छन् ।

सो क्रममा उनले भनेका छन्,‘आमूल परिवर्तन चाहनेहरु आज चुनावी मैदानमा आईसकेका छन् । अब चुनावको समय नजिकै आईसकेको छ । प्रभु साह पिछडिएको वर्ग, दलित र अल्पसंख्यक, मुसलमान सबैको नेता हो । पूरा देशले उहाँलाई मानेको छ। सम्मान गरेको छ । संविधान संशोधन गर्नको लागि पनि मोवाइल छापवाहक उम्मेदवारलाई जिताएर पठाउनुहोस । प्रभु साहजी यो रौतहटवासीको मात्रै नभएर उहाँ पूरा देशको भाग्य हो । उहाँलाई सम्मानका साथ भारी मतले जिताएर पठाउनुहोस । उहाँ यो देशको प्रधानमन्त्रीको पनि उम्मेदवार हो ।’