रसुवा , १३ फागुन । नेकपा एमालेको बागमती प्रदेश सल्लाहकार कमिटी सदस्य मानकाजी ग्याबा पार्टीभित्रको चरम असन्तुष्टि व्यक्त गर्दै नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।
उनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य रसुवाको उम्मेदवार समेत रहेको ई.मोहन आचार्यले खादा लगाएर स्वागत गरेका हुन।
ग्याबा पूर्व जिल्ला कमिटी सदस्य तथा निर्वाचित पूर्व वडाध्यक्ष समेत हुन। पार्टीमा लामो समयदेखि योगदान पुर्याउदै आएको तर हाल पार्टीभित्र चरम व्यक्तिवादी हाबी भैँ योगदानको मूल्याङ्कन नभएकोले आफू पार्टीमा रहन नसकेको बताए।
जेन्जी आन्दोलन पश्चात् नेपाली काँग्रेसले विशेष महाधिवेशन गरी पार्टीलाई नयाँ ढङ्गबाट रूपान्तरण गरी आएकोले आफू काँग्रेसमा प्रवेश गरेको स्पष्ट पारे।




प्रतिक्रिया