काठमाडौं, १४ फागुन । सर्वोच्च अदालतले नेकपा (बहुमत) का महासचिव धमेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिएको छ । बास्तोलाको परिवारले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेको थियो । सो रिटमाथि सुनुवाई गर्दै न्यायाधीशहरु कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज रिहा गर्न आदेश दिएको हो ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन विथोल्ने गतिविधिमा सामेल भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । यही आरोपमा यसअघि नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका थिए । उनी पनि हिजो रिहा भएका छन् ।




प्रतिक्रिया