काठमाडौं, १४ फागुन । जनमत पार्टीका अध्यक्ष तथा पूर्व सांसद डाक्टर सिके राउतले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उनले सप्तरीमा जंगली तथा गुन्डाराज अन्त्य गरी शान्तिपूर्ण वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनमा सप्तरी २ बाट उम्मेदवार रहेका राउतले विभिन्न १२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । पहिलो बुँदामा भने उनले शान्ति तथा सुव्यवस्थाको कुरा उल्लेख गरेका छन् ।
राउतको प्रतिबद्धता पत्रमा मूल कुरा नै सप्तरीमा विगत दशकमा जंगली तथा गुन्डाराज रहेको भन्दै त्यसलाई समाप्त पारेर सबै समुदायका जनताले शान्तिपूर्वक ढंगले बस्न पाउने वातावरण निर्माण गरिने उल्लेख छ । यस्तै, ७ नम्बर बुँदामा भने रोजगारीको विषय उल्लेख गरेका छन् । जसमा उनले सप्तरीमा आईटी पार्क निर्माण गर्ने भनेका छन् ।






प्रतिक्रिया