काठमाडौं, फागुन १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले पत्र पठाएको भनि सार्वजनिक भएको पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार राति रास्वपाका विदेश विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै यसबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । आगामी निर्वाचनका लागि सहयोग र सहकार्यको अपेक्षासहित माघ ११ मा लेखिएको भनिएको उक्त पत्र अहिले समाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन शाहको संयुक्त हस्ताक्षर भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरेर लेखिएको भनिएको पत्र र सो सम्बन्धी समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सार्वजनिक गरिएको उक्त पत्र पूर्णतः नक्कली, किर्ते र कपोलकल्पित रहेको हामी स्पष्ट पार्न चाहन्छौं । दुई जिम्मेवार व्यक्तिहरूको नाम जोडेर परराष्ट्र सम्बन्धजस्तो संवेदनशील विषयमा यस्ता अनर्गल र आधारहीन भ्रम फैलाउनु अत्यन्तै निन्दनीय कार्य हो ।’

रास्वपाले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक लाभ लिन र दुई देशबीचको सम्बन्धमा खलल पुर्याउने उद्देश्यले प्रायोजित प्रचारबाजी गरिएको आरोप लगाउदै प्रकाशित समाचारको खण्डन गरेको छ । द्विपक्षीय सम्बन्ध र सामाजिक सदभावमा आँच आउने अवाञ्छित गतिविधि गर्नेहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
यस्तो छ समाजिक सञ्जालमा भाइरल भइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रवि लामिछाने र बालेन्द्र शाहले पठाएको भनिएको सार्वजनिक पत्र






प्रतिक्रिया