काठमाडौं, फागुन १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोशी प्रदेश सदस्य ठगेन्द्र न्यौपाने नेकपा (एमाले)मा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले गएराती खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
न्यौपानेले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ-२ बाट रास्वपाका उम्मेदवार बनेर तेस्रो स्थान ल्याएका थिए। मोरङको रतुवामाई-९ भौडाहा निवासी उनी रास्वपा स्थापनाकालदेखि नै दक्षिणी मोरङमा सङ्गठन विस्तारमा थिए ।




प्रतिक्रिया