काठमाडौं, फागुन १९ । काठमाडौंका फरक फरक स्थानमा दुईवटा गाडीहरु आगजनी गरिएको अवस्थामा फेला परेका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु भएकै रातमा काठमाडौंमा आगजनी भएको हो। प्रहरीका अनुसार बिहान उज्यालो नहुँदैन काठमाडौंको नैकाप र सुकेधारामा कारहरू आगजनी भएको अवस्थामा भेटिएका हुन्।
प्रहरीले निर्वाचन बिथोल्न खोज्ने समूहहरूले भयको वातावरण सिर्जना गर्न आगजनी गरेको हुनसक्ने आंकलन गरेको छ। घटनास्थलबाट प्रहरीले दुर्गा प्रसाईं समूहका केही पर्चाहरू पनि फेला पारेको छ। प्रसाईंलाई दुई दिनअघि मात्रै प्रहरीले पक्राउ गरेको थियो। उनिमाथि म्याद थप भएर अनुसन्धान भइरहेको छ। फाईल फोटो




प्रतिक्रिया