नयाँबानेश्वरमा टिपरको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु


काठमाडौं, फागुन १९ । काठमाडौं नयाँबानेश्वरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार बानेश्वरको सिभिल अस्पताल फोहोर बोक्ने टिपरको ठक्करबाट सुनसरीको इनरुवा नगरपालिका– ५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ४८ वर्षका बद्रि कोइरालाको मृत्यु भएको हो । उनी नायब सुब्बा पदका कर्मचारी भएको खुलेको छ ।

प्रदेश ३–००१ ब। ९४५ नम्बरको सरकारी नम्बरको स्कुटरमा सवार कोइरालालाई बिहान ८ः४५ बजे बा २ क ३२२९ नम्बरको टिपरले सिभिल अस्पताल अगाडि ठक्कर दिएको थियो । तत्काल उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको हो ।