कालीकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइयो


मान्म (कालीकोट), १९ फागुन । कालीकोट जिल्लाका १२८ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पु¥याइएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रमा मतदान सामग्री पु¥याइएको सहायक निर्वाचन अधिकृत सुनिलकुमार खाँणले जानकारी दिए ।

जिल्लामा १२७ स्थायी र एक अस्थायी मतदान केन्द्र गरेर १२८ केन्द्र रहेका छन् । “जिल्लाका दुर्गम तथा हिमाली क्षेत्रका मतदान केन्द्रसम्म मतपेटिका, मतपत्र, छाप, मतदाता नामावली, गोप्य कक्ष निर्माण सामग्रीलगायतका अत्यावश्यक सामान ढुवानी गरि सकिएको छ,” सहायक निर्वाचन अधिकृत खाँणले भने ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी परिचालन गरी मतदान केन्द्रको सुरक्षा सुनिश्चित गरिएको उनले बताए । रासस