तेस्रो पटक भारी मतान्तरले हारेपछि चुनाव नलड्ने राजन भट्टराईको घोषणा


काठमाडौं, फागुन २२ । नेकपा (एमाले)का सचिव राजन भट्टराईले संसदीय निर्वाचन नलड्ने घोषणा गरेका छन्। काठमाडौं–४ मा भारी मतान्तरले पछाडि परेपछि उनी उम्मेदवार नबन्ने घोषणा गरेका हुन्

‘म यहाँहरूका बीच सूर्य चिह्न लिएर निर्वाचनमा आएको थिएँ। तर यसपटक पनि यहाँहरूको विश्वास जित्न सकिन। लोकतन्त्रमा जनअभिमत नै अन्तिम र सर्वोच्च हुन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै यस निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गर्दछु। विजयउन्मुख मित्र तथा सम्बन्धित दललाई हार्दिक बधाई ज्ञापन गर्दछु। निर्वाचनका क्रममा सहयोग, साथ र समर्थन दिनुहुने पार्टीका कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा सम्पूर्ण जनसमुदायप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु,’ उनले भनेका छन्।

राजनीतिमा पराजय अन्तिम सत्य नभएको भन्दै यो आत्मसमीक्षा र नयाँ पाठ सिक्ने अवसर पनि भएको उनको भनाइ छ।