कास्की ३ मा रास्वपाकी गुरुङ विजयी


काठमाडौं, फागुन २३ । कास्की क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिना गुरुङ विजयी भएकी छन् । गुरुङले ३७ हजार ७५० मत सहित विजयी बन्दा नेपाली कांग्रेसका मनोज गुुरुङ १२ हजार ७८० मत सहित दोस्रो बने भने नेकपा (एमाले)का दामोदर बैरागी सात हजार ९०६ मत सहित तेस्रो बनेका छन् ।

त्यस्तै निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरीले एक हजार ४५६ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुनप्रसाद खनालले एक हजार ४०६ मत, श्रम संस्कृति पार्टीका हितकाजी गुरुङले ५८६, उज्यालो नेपाल पार्टीका तर्कबहादुर गुरुङले ४६२ मत प्राप्त गरेका छन् । कास्की ३ मा १ लाख ७ हजार ५ सय ६० मतदाता रहेकामा ६५ हजार ४ सय ७ मत खसेको थियो ।

Skip This

Omoda E5 Pro