उच्चस्तरीय छानबिन आयोगले आज प्रतिवेदन बुझाउदै


काठमाडौं, फागुन २४ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन आयोगले आज प्रतिवेदन बिझाउने भएको छ । जेनजी प्रर्दशनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले आज प्रधानमन्त्री सुशिला कार्कीलाई प्रतिवेदन बुझाउन लागेको हो ।

स्रोतका अनुसार आयोगको म्यादावधि आज सकिँनै लाग्दा अहिले बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्रि कार्यलयमा प्रतिवेदन बुझाउने तयारी रहेको हो । आयोगले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते देशभरि भएका घटनाबारे छानबिन गरेर सरकारलाई प्रतिवेदन बुझाउन लागेको हो ।

सुरुमा आयोगलाई तीन महिनामा भित्र कार्यादेश पुरा गर्ने समयसिमा तोकिएकोमा पछिल्लो पटक २५ दिनका लागि सरकारले आयोगको म्याद थप गरेको थियो । सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद्‌ विश्वेश्वर भण्डारीसहित तीन सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने गरेको थियो ।