नेकपाका नेता सरल सहयात्री भन्छन्–माओवादी बिरासतमाथि टेकेर धीरतापूर्वक पार्टीको शीर उठाईनेछ


काठमाडौं, २४ फागुन । नेपाली कम्युनिष्ट पार्टीका युवा नेता सरल सहयात्रीले माओवादी बिरासतमाथि टेकेर धीरतापूर्वक पार्टीका शीर उठाउने घोषणा गरेका छन् । उनले पार्टीका हरेक नेता, कार्यकर्ता र समर्थक तथा शुभचिन्तकलाई अब धुलो टक्टकाएर उठ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले आफूहरु आफूहरुजस्तो नदेखिएपछि जनताले मत परिवर्तन गरेको स्पष्ट पारेका छन् । अहिलेको जनअभिमतलाई स्वीकार गरिनुपर्ने बताएका छन् । उनले फेशबुकमा लेखेका छन्–

माओवादीले माओवादी जस्तो हुने मन गरेन । जनताले सचेत गर्दै भनिरहे – तिमी माओवादी जस्तो हो, त्यस्तै आचरण र ब्यवहारले बन्नुपर्छ ।, एमालेले एमाले जस्तो हुने मन गरेन । जनताले खवरदारी गरिरहे – तिमी एमाले जस्तो हुनुपर्ने हो त्यस्तो नै हुनुपर्छ ।, कांग्रेसले कांग्रेस जस्तो हुने मन गरेन । जनता चिच्याईरहे – तिमीहरु बिपिले बनाएको कांग्रेस जस्तै बन्नुपर्छ ।
हामी हामी जस्तो नदेखिएपछी जनताले मत परिवर्तन गरेका छन् । यसलाई र,तर,यदी केही नगरी स्वीकार गर्नुपर्छ ।
लोकतन्त्रमा एक चुनाव एक घटना हो । आ-आफ्नो बैचारिक र ब्यबहारिक पहिचानमा फर्किएर आफुलाई सुधार्न दिएको यो एक मौका हो ।
नेपाली कम्युनिष्ट पार्टीका हरेक नेता, कार्यकर्ता र समर्थक सुभचिन्तक सबैलाई भन्न चाहन्छु – हामी धुलो टक्टक्याएर उठ्नेछौं र माओवादी बिरासतमाथी टेकेर धीरतापूर्वक पार्टीको शीर उठाईनेछ । मनोवल उच्च राख्नुहोस