काठमाडौं, फागुन २५ । गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सुदन गुरुङले अग्रता बढाएका छन् । पछिल्लो मत गणनाको अपडेट अनुसार गुरुङले १९ हजार २९७ मत प्राप्त गरेर अग्रता बनाएका छन् । उनी काँग्रेसका प्रेमकुमार खत्रीभन्दा ८ हजार १२३ मतले अगाडी रहेका छन् । खत्रीले ११ हजार १६७ मत प्राप्त गरेका छन् ।
त्यस्तै यस क्षेत्रमा नेकपाका हरिराज अधिकारीले ७ हजार २१६ मत पाएका छन् भने एमालेका रामचन्द्र लामिछानेले २७०२ मत प्राप्त गरेका छन् ।




प्रतिक्रिया