काठमाडौं, फागुन २६ । स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा ३ हजार ८०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ३ लाख १३ हजार २०० रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ हजार ८०० रूपैयाँले बड्दै ३ लाख १७ हजार रूपैयाँ पुगेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३१० रूपैयाँले बढ्दै ५ हजार ७२० रूपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ४१० रूपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया