रुकुम पश्चिम: सानाेभेरी नदीमा दुई बालिका मृत फेला


काठमाडौँ, २६ फागुन। । रुकुम पश्चिमको सानो भेरी नदीमा दुई जना बालिका मृत भेटिएका छन्। ‎जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरी पुनका अनुसार, मृत भेटिनेमा बाफिकोट गाउँपालिका- ३ का १२ वर्षीया कल्पना ओली र १४ वर्षीया उर्मिला ओली रहेका छन्। उनीहरू दुवै जना एकै घरका दिदीबहिनी हुन्।

‎‎उनीहरु बाफिकोट गाउँपालिका-३ को भाम्लेस्थित सानो भेरी नदीमा मृत अवस्थामा फेला परेका हुन् । यस्तै १२ वर्षीया सपना ओली अझै बेपत्ता रहेको उनले बताए ।

“उनको खोजीकार्य भइरहेको छ”,उनले भने। ‎उनीहरु सोमबार मुसिकोट नगरपालिका-१ भलखोलामा विवाह खान भन्दै घरबाट निस्किएका थिए । ‎‎”खोला तर्दा बगेको हुन सक्ने अनुमान छ”,उनले भने,”यद्यपि घटनाबारे अनुसन्धान पछि मात्र थाहा होला ।”