काठमाण्डौं, फागुन २६ । पालिकाको मेयर पदबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्य चुनाव लडेका १० जना मध्ये दुई जना मात्रै विजयी भएका छन् ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाभनमा नगर प्रमुखको जिम्मेजारीमा रहेका मध्ये दुई जना उम्मेदवार संघीय संसदमा भित्रिएपनि १० जना भने न जनप्रतिनिधि रहेका छन न त निर्वाचित नै भएका छन् । यसपटकको निर्वाचनमा काठमाण्डौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर चुनाव लडेका बालेन्द्र शाह र धरान उपमहानगरपालिका मेयर हर्कराज राई मात्रै निर्वाचित भएका छन् ।
आयोगका अनुसार भरतपुर चितवनको महानगरपालिकाकी मेयर रेणु दाहाल र काभ्रेको धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जू श्रेष्ठ, मोरङको रङ्गेली नगरपालिकाका मेयर दीलिप अग्रवाल, इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई, कैलालीको टीकापुर नगरपालिका मेयर रामलाल डगौरा थारु, सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष अशिम राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई, स्याङ्जाको कालिकण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा भने संसदीय चुनावमा पराजित भएका छन् ।




प्रतिक्रिया