काठमाडौँ, २७ फागुन। । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ बुधबारसम्म एक करोड ७ लाख ३९ हजार ११५ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ।
यसमध्ये सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५१ लाख ३९ हजार २३५ मत पाएको छ। यो ४७.९ प्रतिशत हो । दोस्रोमा नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३ मत पाएको छ। कांग्रेसले सदर मतको १६.३ प्रतिशत पाएको हो।
१४ लाख ४८ हजार ८५४ अर्थात १३.५ प्रतिशत मत ल्याई नेकपा (एमाले) तेस्रो नम्बरमा परेको छ । चौथोमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ८ लाख ५ हजार ७७३ मत पाएको छ। यो ७.५ प्रतिशत हो।
श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६४९ मत पाएको छ। यो ३,५ प्रतिशत हो । त्यस्तै राप्रपाले ३ लाख २९ हजार ४७२ मत अर्थात ३.१ प्रतिशत पाएको हो।
समानुपातिकमा अन्य दलको मत:
जनता समाजवादी पार्टी, नेपाल — १७४,८३५
राष्ट्रिय परिवर्तन पार्टी — १७१९००
जनमत पार्टी — ७९,०२५
एकल चिन्ह चकिया (जाँतो) — ६१,६८०
(राष्ट्रिय मुक्ति पार्टी नेपाल / जनता समाजवादी पार्टी / नागरिक उन्मुक्ति पार्टी, नेपाल) — ६१,६८०
नेपाल मजदुर किसान पार्टी — ४२,२५२
राष्ट्र निर्माण दल नेपाल — ३८,९४२
राष्ट्रिय जनमोर्चा — २९,४४६
एकल चिन्ह बस — २८,३६७
(नेपाल संघीय समाजवादी पार्टी / बहुजन एकता पार्टी नेपाल / नेपाल जनजागृति पार्टी) — २८,३६७
नेपाल जनता संरक्षण पार्टी — २८,२००
प्रगतिशील लोकतान्त्रिक पार्टी — २४,६१८
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) — २३,८५१
मंगोल नेशनल अर्गनाइजेशन — २०,८०६
सार्वभौम नागरिक पार्टी — १४,८३५
एकल चिन्ह मोबाइल — १३,७६८
(आम जनता पार्टी / जनादेश पार्टी नेपाल) — १३,७६८
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल — १०,६९६
संयुक्त नागरिक पार्टी — ९,०८४
स्वाभिमान पार्टी — ८,१३२
राष्ट्रिय जनमुक्ति पार्टी — ७,२०७
नेपाल जनता पार्टी — ७,१५५
राष्ट्रिय एकता दल — ७,०५४
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) — ६,१६३
राष्ट्रिय गौरव पार्टी — ५,२४२
नेशनल रिपब्लिक नेपाल — ५,१५८
नेपालका लागि नेपाली पार्टी — ५,००८
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) — ४,८२४
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च — ४,६६९
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) — ४,५०९
राष्ट्रिय उर्जाशील पार्टी, नेपाल —४,३१३
गतिशील लोकतान्त्रिक पार्टी — ४,३०२
समावेशी समाजवादी पार्टी नेपाल — ४,२६९
नेपाल लोकतान्त्रिक पार्टी — ४,१०४
नेपाल मातृभूमि पार्टी — ३,२२४
जय मातृभूमि पार्टी — २,९७३
राष्ट्रिय जनता पार्टी नेपाल — २,९२६
बहुजन शक्ति पार्टी — २,७४८
प्रजातान्त्रिक पार्टी नेपाल — २,२३७
नेपाल जनमुक्ति पार्टी — २,१६३
जन अधिकार पार्टी — २,१०७
नेपाल सद्भावना पार्टी — २,०१५
पिपुल फर्स्ट पार्टी — १,७९६
नेपाली काँग्रेस (वी.पी.) — १.७८३
नागरिक शक्ति, नेपाल — १,७२१
नेपाली जनश्रमदान संस्कृति पार्टी — १,६३६
नेपाली जनता दल — १,४५१
समावेशी समाजवादी पार्टी — १,३९०
जनता लोकतान्त्रिक पार्टी, नेपाल — १,३००
एकल चिन्ह जगर भएको सिंह — १,१२५
(सचेत नेपाली पार्टी / नागरिक सर्वोच्चता पार्टी नेपाल) — १,१२५
जनप्रिय लोकतान्त्रिक पार्टी — ९५०
मितेरी पार्टी नेपाल — ७६९
उन्नत लोकतन्त्र पार्टी — ७२२
त्रिमुल नेपाल — ६९०




प्रतिक्रिया