भीरबाट लडेर एक महिलाको मृत्यु


काठमाडौं, फागुन २९ । बैतडीको सिगासमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। बझाङको बित्थडचीर गाउँपालिका–९ भतडा स्थायी घर भइ सिगास गाउँपालिका ७ सल्याडी बस्दै आएका मुकेश रावलकी श्रीमती ३२ वर्षीया सरस्वती रावलको हिजो भीरबाट लडेर मृत्यु भएको हो । रावलको घर नजिकैको भीरबाट लडेर मृत्यु भएको बताइएको छ।