राहदानी वितरण सेवा अनिश्चितकालका लागि बन्द


काठमाडौँ, २९ फागुन । राहदानी विभागले राहदानी वितरण केही दिन बन्द हुनसक्ने जनाएको छ ।

पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा सेवा अवरुद्ध हुनसक्ने विभागले सूचनामार्फत् जानकारी गराएको हो । जिल्ला एवं इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुने सूचनामा उल्लेख छ ।

राहदानी विभागबाट प्रदान गरिने सेवा भने एक हप्तासम्म अवरुद्ध हुनसक्ने सूचनामा उल्लेख छ ।