काठमाडौं, फागुन २९ । काठमाडौं उपत्यकाको फोहर विसर्जन हुँदै आएको नुवाकोटको बञ्चरेडाँडाका स्थानीयले फोहोर विसर्जन रोकेका छन् । विगतमा भएका सहमति कार्यान्वयन नभएसम्म फोहोर फाल्न नदिने अडानका साथ स्थानीयले काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई फिर्ता पठाइरहेका छन् ।
नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १, २ र ३ तथा धादिङको धुनबेँसी नगरपालिका वडा नम्बर १, ३ र ४ का प्रभावित स्थानीयले दुई जिल्लाको सीमाबाट फोहोर बोकेका फिर्ता पठाइरहेका हुन् ।
यसअघि गत कात्तिक १६ मा सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै फोहोर विसर्जन अवरोध हटेको थियो।




प्रतिक्रिया