महाकाली नदी किनारमा महिला मृत फेला


काठमाडौँ, २९ फागुन । बैतडीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको दशरथचन्द नगरपालिका–८ झुलाघाट नजिकै धारीघाटस्थित महाकाली नदी किनारमा ती महिला मृत फेला परेकी हुन्।

मृत फेला परेकी महिला भारत घर भई हाल बैतडीको दशरथचन्द नगरपालिका–८ मा माइतमा बस्दै आएकी ३८ वर्षीया दीपा महर हुन्।

बिहीबार बिहान स्थानीयले महाकाली नदी किनारमा उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी टोली घटनास्थलमा पुगेर शव नियन्त्रणमा लिएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।