काठमाडौँ, ३० फागुन । नवलपरासीमा एक लाख कामदारलाई डिभिजन वन कार्यालयले अस्थायी रोजगारी दिएको छ ।
चालु आर्थिक वर्षमा रुख कटान, ढुवानी, घाटगद्दी, तारजाली निर्माण, वन रक्षा, अनि नियन्त्रण र झारपात उखेल्नेसहित सरसफाइलगायत काम गर्न एक लाख जनालाई डिभिजन वन कार्यालयले रोजगारी दिएको कार्यालयका प्रमुख राजु क्षेत्रीले बताए ।
कामको प्रकृति अनुसार एक जना कामदारलाई ६५० देखि एक हजारसम्म ज्याला दिइएको जानकारी दिँदै उनले जिल्लाका ६१ समुदायिक वनमध्ये ३१ वटामा काम दिइएको बताए ।/file photp




प्रतिक्रिया