झलकराम अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं, १ चैत्र । राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ३ जना उपर घुसररिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी आरोपपत्र दायर गरेको हो।

राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलक राम अधिकारीले घुस/रिसवत बुझी लिई सम्पत्ति शुद्धीकरण गरेको भन्नेसमेत व्यहोराको उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा प्रतिवादी झलक राम अधिकारीले एच।के।इन्टरप्राइजेज प्रा.ली. को राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट सम्वन्धी छानबिन तथा राजस्व चुहावट सम्वन्धी अन्य कसुरबाट बच्नको लागि सहजीकरण वापत उक्त एच।के।इन्टरप्राइजेज प्रा।लि। का संचालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट प्राप्त घुसररिसवत रकम जम्मा रू।७०,००,०००।–९अक्षरेपी सत्तरी लाख० निज प्रतिवादी झलक राम अधिकारीले विकास चापागाई, देवेन्द्र के।सी, रविन्द्र लामिछाने लगायतसँगको मतसल्लाह तथा मिलेमतोमा निजहरूको खाता रहेको ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंक लगायतका बैक तथा वित्तीय संस्थामा रकम दाखिला गरी गराई तहिकरण गरी घुस रिसवत रकमको स्वरूप परिवर्तन गरी गराई जिल्ला भक्तपुर, थिमी न।पा। साविक वडा नं। १७ ९हाल वडा नं।२० स्थित दिव्यश्वरी आयोजना भित्रको कित्ता नं।९९८ क्षेत्रफल १६४।१४ व।मि ९०(५(०(२।५९० जग्गा खरिद तथा देवेन्द्र के।सी समेत संचालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानी समेतमा प्रयोग प्रचलनमा ल्याएको तथ्य पुष्टि भएको देखिएको अख्तियारले जनाएको छ।