नवनिर्वाचित सांसदलाई रास्वपाले अभ्यास र पार्टी नीतिबारे तालिम दिने


काठमाडौँ, २ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार प्रशिक्षण कार्यक्रम चैत ३ र ४ गते काठमाडौंमा सञ्चालन गरिनेछ। उक्त कार्यक्रममा पार्टीका नवनिर्वाचित सांसदहरूलाई संसदीय भूमिका, पार्टीको नीति तथा कार्यदिशा, संसदीय प्रक्रिया र जिम्मेवारीबारे जानकारी दिइने बताइएको छ।

त्यसैगरी सबै सांसदहरूलाई चैत ३ गते बिहान ९ बजेभित्र काठमाडौँ उपत्यकाभित्र तोकिएको स्थानमा उपस्थित हुन पार्टीले आग्रह गरेको छ।