आज घोडे जात्रा, उपत्यकामा बिदा


काठमाडौं, चैत ४ । चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमसहित मनाइँदैछ। यस अवसरमा सरकारले उपत्यकाभर सार्वजनिक बिदा दिएको छ।

परम्पराअनुसार टुँडिखेल क्षेत्रमा बास गर्ने ‘गुरुमापा’ नामक राक्षसलाई परास्त गरेपछि पनि त्यसको आत्माबाट बालबालिकालाई खतरा हुन सक्ने विश्वासका कारण घोडाको टापले कुल्चाएर दबाउने प्रतीकस्वरूप घोडेजात्रा मनाउने चलन रहेको छ।

यसैगरी, बालबालिकाको सुरक्षाको कामना गर्दै आज राति गुरुमापालाई खानेकुरा अर्पण गर्ने परम्परा पनि रहेको छ। आजै टुँडिखेलमा नेपाली सेनाले घोडा दौड, अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम तथा युद्धकलालगायतका आकर्षक प्रदर्शन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

Skip This

Omoda E5 Pro