काठमाडौं, चैत ५ । कैलालीमा एक युवकले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको गोली प्रहार गरेर हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार समान्य विवादपछि रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुकले श्रीमतीलाई गोली हानी हत्या गरेका हुन् ।
श्रीमतीको हत्यापछि उनले सोही बन्दुकले आफैंलाई पनि गोली हानेको प्रहरीले जनाएको छ । घाइते रामबहादुरको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने मृतक संजिताको शव घटनास्थलमै रहेको छ । माइती पक्ष आएपछि उठाइने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया