मध्यपहाडी लोकमार्गमा भारी हिमपात, दर्जनौँ सवारी र यात्रु अलपत्र


काठमाडौं, चैत ७ । भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । रुकुम पूर्वको भुमे गाउँपालिका १ मा गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण लोकमार्ग अन्तरगतको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो ।

लोकमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधनसहित यात्रुहरू अलपत्र परेका छन् । उक्त सडकखण्ड भएर ओहोरदोहोर गर्ने काठमाडौंबाट छुटेका रात्रिबसहरू फसेको छन् । त्यस्तै हिमपातले २५० जनाभन्दा बढी यात्रुहरू अलपत्र परेका छन् । त्यहाँ अहिले पनि निरन्तर वर्षा र हिमपात जारी रहेको छ ।