काठमाडौं, चैत ७ । शुक्रबार साँझ काठमाडौंमा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१२ भोटेबहाल (टेकु)मा शुक्रबार साँझ बसको ठक्करबाट घाईते दुई जना पैदल यात्रीको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिसकुमार कुसवाह रहेका छन्।
शुक्रवार साँझ प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसले ठक्कर दिँदा उनीहरू गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रहरी वृत्त कालिमाटीले बस चालक दोलखा घर भएका ३५ वर्षीय मानबहादुर बस्नेतलाई नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया