दाङ, ७ चैत । लमही नगरपालिका-४ शान्तिनगर बस्ने २० वर्षीय गुलाम हुसेनलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ६० मिलिग्राम सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-११ विराटनगर बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ग्राम सहित भारत बिहार अररीया फारबिसगंज-२५ बस्ने २५ वर्षीय बिपुल वर्मालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विराटनगर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१६ टेम्पो स्टेन अगाडिबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट र डिकोलिक ३ सय ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय आयुष गुरूङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
तनहुँ, शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल र बुप्रेनोर्फिन ७ एम्पुल सहित सोही नगरपालिका-२ कोत्रे बस्ने ३१ वर्षीय सागर गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
इलाम, इलाम नगरपालिका-८ सिंहबाहिनी डेरा गरी बस्ने माई नगरपालिका-५ घर भएका २० वर्षीय बिबेक लिम्बु समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले बिबेकको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
चितवन, खैरहनी नगरपालिका-१३ हर्नरी बस्ने २४ वर्षीय करन मर्दनियालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय २२ ट्याब्लेट र एनारगन ३ सय ३० ट्याब्लेट सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।




प्रतिक्रिया