कांग्रेस केन्द्रीय समिति बैठकमा आज पनि निर्वाचन समीक्षा


काठमाडौं, चैत ८ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने आजको बैठक अहिले बिहान ८ बजेदेखि सुरु हुनेछ ।

गत शुक्रबारबाट सुरु भएको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे सदस्यहरूले धारणा राखिरहेका छन् । साथै बैठकमा पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे पनि सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । यसअघि शुक्रबारको बैठकमा अधिकांश सदस्यले राजीनामा अस्वीकृत गर्नुपर्ने धारणा राखेका थिए ।