काठमाडौं, चैत ८ । कैलालीमा बस दुर्घटना हुँदा १७ जना घाईते भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–१ डोडापुल नजिक शनिबार साँझ भएको बस दुर्घटनामा एक पैदल यात्री र अन्य १६ जना घाइते भएका हुन्। सु.प्र.०२००४ ख १३०१ नम्बरको बसले घोडाघोडी–१ कौवा बस्ने करिब ६५ वर्षीय भक्त बटालालाई ठक्कर दिदा अनियन्त्रित भएर पल्टिदा १६ जना यात्रु घाईते भएका हुन् । गम्भिर घाईते पैदलयात्री बटलालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गरिएको छ ।
यस्तै बसमा सवार दार्चुलाको महाकाली नगरपालिका–५ की २१ वर्षीया पशुपती बम, महाकाली नगरपालिका–१ का ३२ वर्षीय दीपेन्द्रसिंह बोहरा, लेकम गाउँपालिका–१ का २९ वर्षीय रुपेश बिष्ट, नौगाड गाउँपालिका–६ का ३३ वर्षीय हरदीपसिंह ठगुन्ना र दुहुँ गाउँपालिका–२ का १९ वर्षीय मनिष बडाल घाइते भएका छन् ।
बैतडीको दशरथचन्द नगरपालिका–६ का २८ वर्षीय हरि पन्त, सिगास गाउँपालिका–२ का २० वर्षीय विजय बिक, ललितपुर महानगरपालिका–२४ का ३० वर्षीय अभिषेक अधिकारी, पाटन नगरपालिका–६ का ४९ वर्षीय सुरेन्द्रसिंह बिष्ट, दशरथचन्द नगरपालिका–११ का धनसिंह भण्डारी, दार्चुलाकै ३५ वर्षीया मञ्जु लोधवाल, रुपन्देहीकी २१ वर्षीया मनिका खत्री, १८ वर्षीया अन्जना विक, बैतडीको सिगास गाउँपालिका–२ की सङ्गीता घतानी, ललितपुर महानगरपालिका–२४ का २९ वर्षीय महेन्द्र घिमिरे र दार्चुलाका २५ वर्षीय बिरेन्द्रसिंह लोधवाल पनि घाइते छन् । बैतडी जिल्लाको पाटन नगरपालिका–४ घर भएका चालक ४५ वर्षीय भुपेन्द्रसिंह बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया