दार्चुलामा भूकम्पको धक्का


काठमाडौं, चैत ९ । दार्चुलामा सोमबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ३ बजेर ५१ मिनेट जाँदा जिल्लाको मुराई आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि चैत ३ गते जिल्लाको सितौला आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले पु¥याएको क्षतिबारे विवरण प्राप्त भएको छैन् ।