काठमाडौं, चैत १२ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गरिनुलाई सकारात्मक कदमका रूपमा टिप्पणी गरेका छन् । उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।
काठमाडौं, चैत १२ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गरिनुलाई सकारात्मक कदमका रूपमा टिप्पणी गरेका छन् । उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो कार्यकालको अन्तिम समयमा ९०७ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेर घटनाको भित्री पाटो र राज्य संयन्त्रको कमजोरीलाई उजागर गरेको बताएका छन् ।
उनले प्रतिवेदनको विस्तृत अध्ययनपछि भदौ २३ को घटनामा तत्कालीन सरकारको गम्भीर गल्ती देखिएको र ‘टीओबी’ (TOB) समूहले आन्दोलन भड्काउन नियोजित भूमिका खेलेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, भदौ २३ र २४ गतेको घटनाको छानवीन गर्न बनेको गौरी ब. कार्की आयोगको रिपोर्ट (९०७ पेज, यहाँ संलग्न छन्, अवश्य हेरौं!) सुशीला कार्की सरकारले अन्तिम समयमा भए पनि जारी गर्नु सकारात्मक छ।
प्रतिवेदन सरसर्ती पढ्दा लागेका प्रारम्भिक अनुभूति:
- दुबै दिनका अपेक्षा गरिए अनुरुपकै घटना विवरण छन्!
- २३ गते तत्कालीन सरकारमा रहेकाहरूको गम्भीर गल्ती देखिन्छ! TOB समूहले आन्दोलन भड्काउन नियोजित भूमिका खेलेको देखिन्छ।
- २४ गते राज्यका सबै अंगहरू कोल्याप्स भएको प्रष्ट बुझ्न सकिन्छ। त्यसमा मुख्यतः Youth Against Corruption, Yuwa Hub , Hami Nepal ले २२ गतेदेखि नै Discord service मार्फत् तयारी गरेको विस्तृत विवरण प्रतिवेदनमा उल्लेख छ।यसमा विशेषतः Sudan Gurung को भूमिकालाई प्रतिवेदनले महत्वसाथ उल्लेख गरेको छ।
- कार्वाही, पुरस्कार र शासकीय सुधारका सिफारिसहरू विस्तृत रूपमा दिइएका छन्।
देश र जनताको हितमा यो प्रतिवेदनलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्ने र नयाँ इतिहास रच्ने कि पुरानै दुःखद इतिहास दोहोर्याउने अब बन्ने रास्वपा सरकारको हातमा छ!




प्रतिक्रिया