झापा, १२ चैत । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २५ वर्षीय सुरज राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सुरजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी सालबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
भक्तपुर, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका-१० कमलबिनायक बस्ने १९ वर्षीय साहिल बासुकलालाई गए राति प्रहरीले पक्राउ गरेको छ । साहिलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दुधपाटीबाट खटिएको प्रहरीले उनलाई भक्तपुर दुधापाटीबाट पक्राउ गरेको हो ।




प्रतिक्रिया