शपथ ग्रहण समारोहको भिडियो भाइरल बनाएको भन्दै हर्कको असन्तुष्टि


काठमाडौं, चैत १३ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विहिबार शपथ ग्रहण समारोहमा आफूले मोबाइल हेरेको विषयलाई मिडियाले भाइरल बनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

उनले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह शपथ ग्रहण १२ मिनेट ढिलो आएपनि मिडियाले बेवास्ता गरेको उनको भनाइ छ। समारोहमा आफ्नो सामान्य गतिविधिलाई ठुलो विषय बनाइएको भन्दै उनले असन्तुष्टि पोखेका हुन्।

साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन, ‘मैले मोबाइल हेरेको भाइरल बनाउने मिडियाले बालेनजी र रविजीले गर्दा १२ मिनेट ४६ सेकेन्ड ढिलो शपथ भएको किन नदेखेको ?’

Skip This

Omoda E5 Pro