पुर्वअर्थमन्त्री खनालले दिए प्रधानमन्त्री शाहलाई शुभकामना


काठमाडौँ, १३ चैत । पुर्वअर्थमन्त्री रामेश्वर खनालले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई ज्ञापन गरेका छन् ।

खनालले आफ्नो फेशबुकमार्फत प्रधानमन्त्री शाहलाई सफल कार्यकालको लागि शुभकामना समेत व्यक्त गरेका छन् । साथै उनले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई विशेष शुभकामना व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, “सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको मन्त्रीमण्डलका सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।

अर्थ मन्त्रीमा नियुक्त ज्ञान, दक्षता र अनुभवका धनी मित्र डा स्वर्णिम वाग्लेलाई विशेष शुभकामना!!”