काठमाडौं, चैत १४ । नेकपा (एमाले)का नेता कार्यकर्ताले पार्टी कार्यालय च्यासलबाट पत्रकारलाई बाहिर निकालेका छन् । पार्टी कार्यालयमा बसिरहेको सचिवालय बैठकको समाचार संकलनका लागि पुगेका पत्रकारलाई धकलेर एमालेका नेता कार्यकर्ताले पत्रकारलाई बाहिर निकालेका हुन् ।
उनीहरुले ‘पत्रकारको काम छैन, तिमीहरु बाहिर जाऔ’ भन्दै कार्यालयबाट बाहिर निकालेको जनाइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले आज बिहान पक्राउ गरेपछि अहिले च्यासलमा पार्टीको सचिवालय बैठक बसिरहेको छ । बैठकमा आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ । ओली पक्राउ परेसँगै एमाले कार्यकर्ताहरुले काठमाडौंमा विरोध प्रर्दशन सुरु गरेका छन् ।




प्रतिक्रिया