रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर संशोधनविरुद्धको मुद्दामा बहस सकियो, आज फैसला आउने


काठमाडौं, १५ चैत्र । रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्धको मुद्दामा बहस सकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाई भएको थियो । बहस सकिएकोले आजै फैसला आउनसक्ने बुझिएको छ ।