‘बले’ माथि अमेरिकाबाट गम्भीर आरोप, पीडित युवतीले भनिन-‘दाइ ठानेको मान्छे त राक्षस रहेछ’


काठमाडौं, चैत २० । हास्य कलाकार सागर लम्साल ‘बले’माथि बलात्कारको गम्भीर आरोप लागेको छ। हाल अमेरिका बस्दै आएकी एक युवतीले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको जघन्य अपराध र त्यसले निम्त्याएको मानसिक आघातको खुलासा गरेकी हुन्।

पीडित युवतीका अनुसार यो घटना करिब एक वर्षअघिको हो। सानैदेखि डिप्रेसन र एन्जाइटीको समस्यासँग जुधिरहेकी उनी अमेरिका पुगेको केही समयमै मानसिक स्वास्थ्य बिग्रिएर अस्पताल भर्ना भएकी थिइन्। त्यतिबेला उनी गम्भीर डिप्रेसन र एन्जाइटीसँग जुधिरहेकी थिइन् र अस्पतालबाट डिस्चार्ज भएर घरमै स्वास्थ्य लाभ गरिरहेकी थिइन् ।

सोही समयमा नेपालबाट उनको परिवारसँग वर्षौँदेखि जोडिएका केही व्यक्तिहरू अमेरिका पुगेका थिए । परिवारका सदस्यहरूले आफ्नै मान्छे भेट्दा मन हल्का होला भनेर सुझाएपछि उनले ती व्यक्तिहरूलाई भेट्न मन्जुर गरेकी थिइन् ।

युवतीले स्टाटसमा उल्लेख गरेअनुसार, उनले दाइ नाता लगाउने व्यक्ति ९सागर लम्साल० लाई १० वर्षभन्दा अघिदेखि नै चिन्दथिन् । भेटघाटका क्रममा उनले ‘तिमी बस्ने ठाउँ हेरौँ’ भनेपछि युवतीले विश्वास गरेर उनलाई आफ्नो अपार्टमेन्टमा लगेकी थिइन् ।

“म आफ्नो मानसिक स्वास्थ्यको संघर्ष सुनाउँदै रुँदै थिएँ, तर मैले दाइ ठानेको मान्छे त राक्षस रहेछ,” उनले स्टाटसमा लेखेकी छिन्, म बलात्कृत भएँ ।”

उनले परिवारको इज्जत र मानसिक अवस्थाका कारण यति लामो समयसम्म यो कुरा लुकाएर राखेको तर अहिले जिउँदो लास जस्तो भएर बाँच्नुपरेकाले हिम्मत जुटाएर सार्वजनिक गरेको बताएकी छिन् । स्टाटसको अन्त्यमा उनले नामै किटेर प्रश्न गरेकी छिन्, “कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ सागर लम्साल क्षेत्री?”

यस विषयमा आरोपित कलाकार लम्सालले भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

Skip This

Omoda E5 Pro