आज सुनको मूल्य स्थिर, बढ्यो चाँदीको मूल्य


काठमाडौं, चैत २० । नेपाली बजारमा आज सुनको मूल्यमा स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन हिजोकै मूल्यमा कारोबार भइरहेको छ। हिजो प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा किनबेच भइरहेको हो ।

यता चाँदीको मूल्यमा भने आज प्रतितोला ५० रुपैयाँले वृद्धि भएको छ। हिजो प्रतितोला चार हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर चार हजार ८३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।