काठमाडौं, चैत २१ । काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले गए राती गुन्डागर्दीमा संलग्नताको आशंकामा १७ जनालाई पक्राउ गरेको छ।
प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। प्रहरी परिसर काठमाडौंका अनुसार ठमेल, दरबारमार्ग, सामाखुसी र कलंकी जस्ता मुख्य व्यापारिक तथा व्यस्त क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
विभिन्न समूहको नाममा भइरहेको गुण्डागर्दीलाई नियन्त्रण गर्न प्रहरीले चलाएको अभियानलाई ‘स्वीप अपरेसन’ भनिएको छ । पक्राउ पर्नेमा प्रविण तामाङ, बिर्जु महर्जन, सुजन कार्की, सरु हुमागाईं, सञ्जिव लामा, सुरेश गिरी, अशोक गिरीलगायत रहेका छन् ।




प्रतिक्रिया