काठमाडौं, चैत २१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट १८ जना पक्राउ परेका छन्। विमानका यात्रुलाई दुःख दिने गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विमानस्थल परिसरबाट यात्रुलाई जबरजस्ती तान्ने, दुःखहैरानी दिने, विभिन्न प्रलोभनमा पारी आफ्नो सम्पर्क भएको होटेलमा लगिदिने र त्यसबापत ‘कमिसन’ लिने, आपसमा झगडा, अभद्र व्यवहार गर्ने गरेको उनीहरूमाथि आरोप छ । नियन्त्रणमा लिएर उनीहरूमाथि थप अनुसन्धान गरिरहेको प्रहरी परिसरले जनाएको छ ।




प्रतिक्रिया