‘सरकारले पुर्वाग्रह राखेर व्यापारीलाई तर्साउनु हुँदैन’: देवेन्द्र पौडेल


काठमाडौं, चैत २२ । नेपाली कम्युनिष्ट पार्टीका नेता देवेन्द्र पौडेलले सरकारले व्यापारीलाई तर्साउन नहुने बताएका छन् । आज(आइतबार)नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार खेम बमसँगको कुराकानीमा उनले व्यापारीहरुलाई पुर्वाग्रह राखेर तर्साउन नहुने बताएका हुन् ।

‘नेपालमा आर्थिक प्रणाली जर्जर बनेको छ । रेमिट्यान्सले धानेको देश विदेशको कतिपय अवस्थाले गर्दा नेपालीहरु फर्केर आउनुपर्नै अवस्था छ । यस्तो बेलामा व्यवसायीहलाई नियमन गर्ने कुरा सही छ,’ उनले थपे ‘तर तर्साउने, धम्काउने सबैलाई ठेगान लगाउने भनेर जुन कसैले दुइचार पैसा कमाएको छ भनेर कुनै बैंक प्रयोग गरेर भनेदेखि त्यसलाई हतोत्साहित गर्ने काम गरियो भने आर्थिक अवस्था झन् जटिल बन्छ ।’

सरकारले सोच,विचार गरेर परिपक्व ढँगले मात्रै कदम चाल्नुपर्ने कुरामा जोड दिए । केहि दिन अगाडि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट पक्राउ परेका थिए । त्यस्तै शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेपछी व्यवसायीहरु त्रसित बनेका छन् ।