आज सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?


काठमाडौं, चैत २३ । सोमबार स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला दुई हजार ६०० रुपैयाँ र चाँदी तोलामा ५० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला चार हजार ८३० रुपैयाँमा कारोबार भएको थियो।