काठमाडौं, २३ चैत । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकिएको छ । उक्त रिटमा हिजो (आइतबार) देखि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानविन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली र लेखकलाई ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा ओली र लेखक गत चैत १४ गते विहान पक्राउ परेका थिए ।
ओली र लेखकको गिरफ्तारी गैरकानूनी रहेको दाबीसहित सर्वोच्चमा रिट परेको थियो । सो रिटमा यसअघि सरकारको नाममा कारण देखाउ आदेश जारी भएकोमा आज भने सुनुवाइ सकिएको र आजै आदेश आउने बताइएको छ ।




प्रतिक्रिया