ओली-लेखक आज पनि छुटेनन्


काठमाडौं, २३ चैत । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासमा ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ भएको थियो ।

सर्वोच्चले ओली-लेखकलाई पक्राउ गरिएको प्रक्रिया र म्याद थप कानूनसम्मत नै रहेको ठहर गरेको छ ।

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिट खारेज भए पनि परमादेश भने जारी भएको छ । परमादेश जारी गर्दै सर्वोच्चले बयान कार्यलगायतका मुख्य अनुसन्धान सम्पन्न भइसकेको देखिएकाले हिरासत बाहिरै राखेर थप प्रक्रिया अघि बढाउन सकिने राय दिएको छ ।