काठमाडौं, चैत २४ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढ्दै ४ हजार ८ सय २० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार नेपाली बजारमा चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको थियो ।




प्रतिक्रिया