राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट नियुक्त


काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.गुणाकर भट्ट नियुक्त भएका छन् ।आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा. भट्टलाई नियुक्त गरेको हो ।

डा. भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । गभर्नर बन्नका लागि उनले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । File Photo/RN